Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सिडियोले जुनसुकै बेला निषेधाज्ञा जारी गर्न सक्ने

सिडियोले जुनसुकै बेला निषेधाज्ञा जारी गर्न सक्ने

दैनिकी न्यूज

२, भाद्र २०७७
सिडियोले जुनसुकै बेला निषेधाज्ञा जारी गर्न सक्ने
images

काठमाडौं । सरकारले प्रमुख जिल्ला अधिकारी (सिडियो) ले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम हेरेर जुनसुकै बेला निषेधाज्ञा जारी गर्न सकिने अधिकार दिएको छ ।

सोमबार मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता,अर्थ, सूचना तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले जानकारी गराएका हुन् ।

सङ्क्रामक रोग ऐन, २०२० अनुसार सरकारले सम्बन्धित प्रमुख जिल्ला अधिकारीले जिल्ला वा जिल्लाको सिमित क्षेत्रमा मात्रै लागू हुने गरी निषेधाज्ञा गर्न सक्ने अधिकार पाएउने छन् ।

उक्त निर्देशन अनुसारका निर्देशिका, आदेश तथा निर्णय अटेर गरेमा कडा कारबाही गर्न पनि सरकारले प्रमुख जिल्ला अधिकारी सहित विभिन्न मन्त्रालय र गृह प्रशासनलाई निर्देशन दिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार सरकारले निषेधाज्ञा जारी गरेमा सरकारी कार्यालयमा न्यूनतम कर्मचारी सहित कार्यालय चलाउने, अरुलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - १८:२९:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology