Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबारदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा

बुधबारदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा

दैनिकी न्यूज

२, भाद्र २०७७
बुधबारदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा
images

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा जारी गर्ने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक अन्य व्यवसाय बन्द हुनेछन् । यातायात पनि पूर्ण रूपमा बन्द हुनेछ ।

केहि दिनयता काठमाडौं उपत्यकामा तीब्ररुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासनले लकडाउन गर्ने निर्णय गरेको हो।

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लास्तर वा जिल्ला भित्र लकडाउन, निषेधाज्ञा गर्न सक्ने गरी सबै अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको थियो। सोहि अधिकारको प्रयोग गरी जिल्ला प्रशासनले लकडाउनको निर्णय गरेको हो।

आज मात्रै उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

images
प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - २०:३९:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology