ललितपुर । ललितपुरमा मंगलबार थप १४ जना कोरोना संक्रमित थपिएका छन् । ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका विभिन्न स्थानका १४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको महानगरपालिकाका ६ महिला, ६ पुरुष गरी जम्मा १२ जनामा कोरोना पुष्टि भएको छ । यस्तै महालक्ष्मी नगरपालिकाका १ पुरुष र गोदावरी नगरपालिकाका १ महिलामा पनि कोरोना देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
ललितपुरमा हालसम्म ३ जनाको मृत्यू भएको छ । ललितपुर थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।