Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अनियन्त्रित बन्दै कोरोना

अनियन्त्रित बन्दै कोरोना

दैनिकी न्यूज

३, भाद्र २०७७
अनियन्त्रित बन्दै कोरोना
images

काठमाडौं । मंगलबार नेपालमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्रै १ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि सबैभन्दा उच्च संख्यामा गत १९ असारमा ७ सय ४६ जनामा संक्रमण देखिएको थियो । पछिल्लो एक सातायता ४ हजार ३ सय ९ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।

पछिल्लो एक साताको अवधिमा ८० हजार १ सय ६८ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म देशभर ५ लाख ४२ हजार ८ सय ६६ जनाको कोरोना परीक्षण गरिएको छ । एक सातालाई आधार मान्दा दैनिक रूपमा ११ हजार ४ सय ५२ जनाको आरटी–पिसिआर विधिबाट कोरोना परीक्षण हुँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मात्रै झापाका २१, खोटाङका एक, मोरङका १ सय ८, ओखलढुंगाका एक, पाँचथरका एक, सुनसरीका ८, उदयपुरका २, बाराका ४२, धनुषाका ६४, महोत्तरीका २४, पर्साका १ सय २८, रौतहटका ३७, सप्तरीका ३, सर्लाहीका १ सय ७, सिरहाका १६, भक्तपुरका १७, चितवनका ४९, धादिङका २, दोलखाका २, काठमाडौंका १ सय ३८, काभ्रेका २१ र ललितपुरका ५० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, मकवानपुरका ३०, सिन्धुलीका १, सिन्धुपाल्चोकका ३, बाग्लुङका ३, गोरखाका २, कास्कीका १६, लमजुङका १, नवलपरासीका चार, स्याङ्जाका एक र तनहुँका २ जनामा संक्रमण देखिएको छ ।

यस्तै, बाँकेका ६, बर्दियाका नौ, दाङका एक, कपिलवस्तुका १९, नवलपरासीका १, रोल्पाका १, रूपन्देहीका १४, दैलेखका ५, रुकुमका १, सुर्खेतका १, दार्चुलाका २, डोटीका ४६, कैलालीका १ तथा कञ्चनपुरका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, काठमाडौं उपत्यकामा मंगलबार थप २ सय ५ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार मात्रै थप सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका एक÷एक जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ ।

राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र ३, २०७७ बुधवार - ०५:५६:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology