ललितपुर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. १ बस्ने ६१ वर्षिय महिलाको आज विहान पाटन हस्पिटलमा निधन भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार मृतक महिला साउन २१ गते पाटन हस्पिटलमा भर्ना भएकी थिइन । ती महिला रगतको क्यान्सर र निमोनियाको रोगी समेत थिइन । उपचारको क्रममा आज विहान ३ बजे मृत्यू भएको डा. गेलालले पुष्टि गरे ।