Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

दैनिकी न्यूज

३, भाद्र २०७७
दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते
images

कास्की । पोखरामा गए राति भएको सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन् । वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग १ ब ३६९ नंको मोटरसाइकलाई गए राति १ः०५ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्र्दा सोही दिशाबाट आएको ग२च २६२६ नंको बोलेरो जिपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएकामा मोटरसाइकल चालक प्रहरी जवान पाल्पा घर भएका २० वर्षीय चन्द्रबहादुर बगालेको उपचारका क्रममा राति १ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

घाइते प्रहरी हवल्दार बर्दिया मैनापुर–२ घर भएका ३४ वर्षीय डम्बरबहादुर थारूको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने जिप र चालक प्रहरी नियन्त्रणमा रहेको प्रनाउ हमालले जानकारी दिए । रासस

images
प्रकाशित मिति :भाद्र ३, २०७७ बुधवार - ०८:३७:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology