हेटौँडा । मकवानपुरमा पहिलो पटक कोरोना भाइरस सङ्क्रमण भएर एक वृद्धको मृत्यु भएको छ । गए राति मृत्यु भएका हेटौँडा उपमहानगरपालिका वडा नं. १ का एक वृद्धमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडामा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा स्वाबको पीसीआर परीक्षण गर्दा ६१ वर्षीय कोरोना सङ्क्रमण पुष्टि भएको हेटौँडा–४ स्थित आइसोलेसन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिए ।
स्वास्थ्य समस्या भएर थप उपचारका लागि काठमाडौँ गर्नु पूर्व पीसीआर परीक्षण गरिएका मृतक वृद्धमा कसरी कोरोना सङ्क्रमण भयो भन्ने अझै खुल्न सकेको छैन ।