ललितपुर । ललितपुरमा बुधबार थप ५७ जना कोरोना संक्रमित थपिएका छन् ।
ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ५७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका १७ महिला, १८ पुरुष गरी जम्मा ३५ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै महालक्ष्मी नगरपालिकाका १० पुरुष, ८ महिला गरी १८ जना र गोदावरी नगरपालिकाका २ महिला, २ पुरुष गरी ४ जनामा पनि कोरोना देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुर जिल्लामा ३८६ जना कोरानाबाट संक्रमित भएका छन्, जसमध्ये महिला १५८ र पुरुष २२८ जना रहेका छन् ।

ललितपुरमा हालसम्म ३ जनाको मृत्यू भएको छ । ललितपुर थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।