Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोनाबाट पर्सामा एक संक्रमितको मृत्यु

कोरोनाबाट पर्सामा एक संक्रमितको मृत्यु

दैनिकी न्यूज

३, भाद्र २०७७
कोरोनाबाट पर्सामा एक संक्रमितको मृत्यु
images

पर्सा । कोरोना संक्रमण भएर पर्सामा एक जना महिलाको मृत्यु भएको छ । वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी ४० वर्षीया महिलाको बुधबार दिउँसो मृत्यु भएको हो । ती महिला उच्च मधुमेह र निमोनियाबाट पीडित थिइन् ।

वीरगन्जको रेशमकोठी निवासी ती महिलाको विगत ४ दिनदेखि एक निजी अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा मंगलबार उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पोजिटिभ देखिएपछि उनलाई कोरोना अस्पतालमा ल्याएको थियो ।

images
प्रकाशित मिति :भाद्र ३, २०७७ बुधवार - २१:४५:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology