ललितपुर । ललितपुरमा बिहीबार थप २७ जना कोरोना संक्रमित थपिएका छन् ।
ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका विभिन्न स्थानका २७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तीनीहरुमध्ये १० महिला र १७ पुरुष रहेका छन् ।
पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका ७ महिला, १५ पुरुष गरी जम्मा २२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै महालक्ष्मी नगरपालिकाका १ पुरुष, १ महिला गरी २ जना र गोदावरी नगरपालिकाका २ महिला, १ पुरुष गरी ३ जनामा पनि कोरोना देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुर जिल्लामा ४१३ जना कोरानाबाट संक्रमित भएका छन्, जसमध्ये महिला १६८ र पुरुष २४५ जना रहेका छन् ।

ललितपुरमा हालसम्म ३ जनाको मृत्यू भएको छ । ललितपुर थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।