Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अब क्वारेन्टाइन नै आइसोलेसन

अब क्वारेन्टाइन नै आइसोलेसन

दैनिकी न्यूज

५, भाद्र २०७७
अब क्वारेन्टाइन नै आइसोलेसन
images

काठमाडौँ । काठमाडौँ उपत्यकामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी गरिएको छ ।

पहिलो चरणमा भक्तपुरको खरिपाटीमा निर्माण गरिएको क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गरिसकिएको छ । अब क्रमिक रूपमा सबै नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनलाई आइसोलेसन बनाइने भएको छ ।

उपत्यकामा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइनले मात्र काम नगर्ने र निश्चित सङ्ख्यामा नियमित परीक्षण गर्ने सहितको आइसोलेसन कक्ष आवश्यक पर्ने उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले पहिलो चरणमा भक्तपुरबाट सुरु गरिए पनि क्रमिक रूपमा उपत्यकाका सबै नगरपालिकाभित्र आइसोलेसन कक्ष निर्माण गरिने बताउनुभयो । अहिले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा तीन सय बेड र भक्तपुर अस्पतालमा २५ बेडका आइसोलेसन कक्ष छन् ।

खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा भएका सबै क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्न लागिएको छ । उक्त कार्यका लागि भक्तपुरका चारवटै नगरपालिकाको लागत साझेदारीमा आइसोलेसन निर्माण गर्न लागिएको हो ।

उपत्यकामा दैनिक बढ्दै गएको कोरोना भाइरस नियन्त्रण गर्न सबै नगरपालिकाले एकीकृत कार्ययोजना निर्माण गर्नुपर्नेमा उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख सहमत छन् ।

गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र ५, २०७७ शुक्रवार - ०६:०९:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology