Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यू

शुक्रबार पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यू

दैनिकी न्यूज

५, भाद्र २०७७
शुक्रबार पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यू
images

काठमाडौँ । ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिल्लाकी एक महिला र सर्लाही जिल्लाका एक पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार गत भदौ २ गतेदेखि उपचाररत दोलखाकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।

त्यस्तै साउन ३१ गतेदेखि अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार निधन भएको छ ।

उनीहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ५, २०७७ शुक्रवार - १३:५१:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology