Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार कोरोना भाइरसको संक्रमणले ११ जनाको मृत्यु

शुक्रबार कोरोना भाइरसको संक्रमणले ११ जनाको मृत्यु

दैनिकी न्यूज

५, भाद्र २०७७
शुक्रबार कोरोना भाइरसको संक्रमणले ११ जनाको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट ११ जिल्लाका ११ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको हो।

मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर र प्युठानका १ –१ जना पुरुष रहेका छन् भने दोलखाकी एक महिला रहेकी छिन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ । कोरोनाका कारण नेपालमा एकैदिन यतिधेरै मृत्यु भएको यो पहिलो पटक हो ।

पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा २५० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ।

images
प्रकाशित मिति :भाद्र ५, २०७७ शुक्रवार - १६:३६:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology