Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पूर्व प्रधानमन्त्री नेपालका सात पिएसओमा कोरोना सङ्क्रमण

पूर्व प्रधानमन्त्री नेपालका सात पिएसओमा कोरोना सङ्क्रमण

दैनिकी न्यूज

६, भाद्र २०७७
पूर्व प्रधानमन्त्री नेपालका सात पिएसओमा कोरोना सङ्क्रमण
images

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात अङ्गरक्षक (पीएसओ) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उहाँको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

हिजो गरिएको परीक्षणको आज प्राप्त रिपोर्ट अनुसार पूर्वप्रधानमन्त्री नेपाल सहित अन्य सबैको नेगेटिभ आएको गौतमले जानकारी दिए ।

अङ्गरक्षकलाई कोरोना पोजिटिभ देखिएलगत्तै आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वकीय सचिव गौतमले जानकारी दिए । गोरखापत्र दैनिकमा मुकुन्द गैरेले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र ६, २०७७ शनिवार - ०५:४६:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology