Logo

बुधवार, श्रावण २७ गते २०८३

images

गाउँपालिका अध्यक्षमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप

गाउँपालिका अध्यक्षमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप

दैनिकी न्यूज

६, भाद्र २०७७
गाउँपालिका अध्यक्षमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप
images

रामेछाप । उपभोक्ता समितिका अध्यक्षलाई बन्धक बनाई जबर्जस्ती खाली चेकमा हस्ताक्षर गराउन खोजेको आरोपमा पक्राउ परेका लिखुतामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई अनुसन्धानका लागि जिल्ला अदालतले १० दिनको म्याद थप गरेको छ ।

यसअघि उनलाई अदालतले सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो ।

गाउँपालिकाको धोबी बजारमा नाला निर्माण तथा ग्राभेल गर्न बनेको उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङलाई गाउँपालिकाको कोठामा थुनेर अध्यक्षले खाली चेकमा दस्तखत गराउने प्रयास गरेको अभियोग लगाइएको छ ।

त्यहाँबाट उम्किएका भनिएका घिसिङले प्रहरीमा जाहेरी दिएका थिए । सो घटनामा संलग्न भएको आरोपमा अध्यक्षसँगै गिरफ्तारीमा परेका लालबहादुर तामाङलाई पनि आज १० दिनकै म्याद थपिएको छ । दुवै जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा छन् ।

उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख वसन्त पाठकले जानकारी दिए । रासस

images
प्रकाशित मिति :भाद्र ६, २०७७ शनिवार - ०३:५८:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology