काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना सक्रमितको संख्या ६ सय ३४ पुगेको छ । १२ हजार पाँच सय १९ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा सो संख्याका संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट सक्रिय संक्रमित संख्या १२ हजार ६ सय २१ रहेको जानकारी दिए ।
कोरोना संक्रमितको संख्या हालसम्म ३१ हजार एक सय १७ पुगेको प्रवक्ता प्रा.डा गौतमले बताए । पछिल्लो २४ घण्टामा एक सय ३६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार तीन सय ५० पुगेको छ । नेपालमा कोरोनाबाट निको हुने दर ५९ प्रतिशत रहेको प्रा.डा गौतमले बताए । ।