Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेकपा विवाद समाधानको लागि गठित कार्यदलले प्रतिवेदन बुझायो

नेकपा विवाद समाधानको लागि गठित कार्यदलले प्रतिवेदन बुझायो

दैनिकी न्यूज

६, भाद्र २०७७
नेकपा विवाद समाधानको लागि गठित कार्यदलले प्रतिवेदन बुझायो
images

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

ओली र प्रचण्ड नेपाल पक्षबीच विवाद चर्किँदै गएपछि समाधान खोज्नका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । साउन ३० गते गठित कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए ।

कार्यदलले सर्वसम्मतिले प्रतिवेदन पारित गरेर अध्यक्षद्वयलाई हस्तान्तरण गरेका छन् । प्रतिवेदनबारे अध्यक्षद्वयबीच छलफल हुने र त्यसपछि सचिवालय बैठकमा पेस गरिने कार्यदलका एक सदस्यले जानकारी दिए ।

images
प्रकाशित मिति :भाद्र ६, २०७७ शनिवार - २०:१५:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology