ललितपुर । ललितपुरको लगनखेलमा अवस्थित ललितपुर फाइनान्सका १४ जना कर्मचारीमा कारोना भाइरसको संक्रमण भएको छ ।
फाइनान्सका सञ्चालन नरेश कुमार श्रेष्ठका अनुसार फाइनान्समा कार्यरत २ जना सुरक्षा गार्ड, ड्राइभर, कार्यालय सहयोगीसहित १७ जनामा कोरोना पोजिटिभ देखिएको पुष्टि गरेका हुन् ।
फाइनान्समा कार्यरत कर्मचारीमा कोरोना पोजिटिभ देखिएसँगै फाइनान्सबाट प्रदान गरिने सेवा हाललाई बन्द गरेको उनले जानकारी दिए ।
ललितपुर महानगरपालिका वडा नं. ५ का वडाअध्यक्ष विकासमान श्रेष्ठले पनि फाइनान्स बन्द गर्न निर्देशन दिएको बताए ।