Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार ८१८ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा कति ?

आइतबार ८१८ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा कति ?

दैनिकी न्यूज

७, भाद्र २०७७
आइतबार ८१८ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा कति ?
images

काठमाडौं । आइतबार विभिन्न प्रयोगशालामा ८ हजार २६ वटा पिसिआर परीक्षण गर्दा थप ८१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आजसम्म ६ लाख ४ हजार ४४ जनाको पिसिआर परीक्षण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । आइतबार कोरोना संक्रमण पुष्टि भएकामध्ये २२० महिला र ५९८ पुरुष रहेका छन् ।  योसहित संक्रमितको संख्या ३१ हजार ८ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। 

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका १२६, ललितपुरका १२ र भक्तपुरका २८ जनासहित १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ४१४ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय सख्ंया १३ हजार १५५ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ३ हजार ९४३ रहेको छ ।

संक्रमितमध्ये १० जना भेन्टिलेटर र १३७ जनाको आईसियूमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा २८१ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । नेपालमा हालसम्म १४९ जनाको कोरोनाबाट मृत्यु भएको छ।

images
प्रकाशित मिति :भाद्र ७, २०७७ आइतवार - १६:२८:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology