काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए।
यस्तै पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसहित संक्रमितको संख्या ३१ हजार ८ सय ३५ पुगेको छ ।