Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चन्द्रागिरिमा कोरोना सङ्क्रमितको संख्या ६० पुग्यो

चन्द्रागिरिमा कोरोना सङ्क्रमितको संख्या ६० पुग्यो

दैनिकी न्यूज

८, भाद्र २०७७
चन्द्रागिरिमा कोरोना सङ्क्रमितको संख्या ६० पुग्यो
images

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ६० पुगेको छ । काठमाडौँ उपत्यका प्रवेशद्वारको मुख्य नाका रहेको चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ६० पुगेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिभित्र हालसम्म कोरोना सङ्क्रमितको सो संख्या पुगेको जानकारी दिए । “कोरोना सङ्क्रमित ६० मध्ये २५ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी ३५ जनाको मनमोहन अस्पताल दहचोक, सशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकुमा उपचार भइरहेको छ”, प्रवक्ता महर्जननले भने। सङ्क्रमितमध्ये १० जनाले भने होम आइसोलेशनमा उपचार गराइरहेका छन् ।

कोरोना सङ्क्रमितको संख्या बढेसँगै नपाले श्रीकृष्ण माध्यमिक विद्यालय दहचोक र चुनदेवी मावि थानकोटमा आइसोलेसन सेन्टर स्थापना गर्न लागेको छ । उक्त दुई स्थानको आइसोलेसनको क्षमता भने ७० शैयाको रहने नगरपालिकाले जनाएको छ ।रासस

images
प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - ०८:१८:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology