Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरमा थपिए १४ कोरोना संक्रमित, सबैभन्दा बढी महानगरका

ललितपुरमा थपिए १४ कोरोना संक्रमित, सबैभन्दा बढी महानगरका

दैनिकी न्यूज

८, भाद्र २०७७
ललितपुरमा थपिए १४ कोरोना संक्रमित, सबैभन्दा बढी महानगरका
images

ललितपुर । जिल्लामा रहेका एक महानगरसहित दुई वटा नगरपालिकामा कोरोना संक्रमितको संख्या निरन्तर बढीरहेको छ ।

आइतबार एकैदिन जिल्लामा १४ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । जसमा सबैभन्दा बढी ललितपुर महानगरमा पुष्टि भएको छ । महानगरमा ६ महिला र ३ जना पुरुष गरी १८ जनालाई कोरोना संक्रमण भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकामा एकजना पुरुष, २ जना महिला, गोदावरी नगरपालिकाको थप एक जना पुरुष र महांकाल गाउँपालिकमा थप १ जना पुरुषमा समेत कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

पछिल्लो दिन तीनै नगरमा संक्रमितको संख्या बढ्दै गएको र उनीहरुको यात्रा विवरण लिएर घरमै र अस्पतालमा आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या ४६९ जना पुगेको छ, जसमा पुरुष २७३ जना र महिला १९६ जना रहेका छन् ।

1.jpg

images
प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - ०८:२९:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology