Logo

सोमवार, श्रावण २५ गते २०८३

images

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न तरुण दलको आग्रह

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न तरुण दलको आग्रह

दैनिकी न्यूज

८, भाद्र २०७७
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न तरुण दलको आग्रह
images

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले कोभिड–१९ को उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि भइरहेको दुर्व्यवहारमा संलग्नमाथि कारबाहीको माग गरेको छ ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले सोमबार बिहान प्रेस विज्ञप्ति जारी गरेर स्वास्थ्यकर्मीमाथि भइरहेको दुर्व्यवहारप्रति आपत्ति जनाउँदै अमानवीय व्यवहारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका हुन् ।

उनले अग्रपंक्तिमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउन पनि सरकारसँग माग गरेका छन् ।

“विगत केही दिनदेखि लगातार रुपमा देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीलगायत समाजको अग्रपंक्तिमा उभिएर सेवा प्रदान गर्ने पेशा, समुदायप्रति हुँदै आएको दुर्व्यवहार अपहेलाना र आक्रमणप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ, “त्यसैले यस्तो अमानवीय व्यवहारमा संलग्न जोसुकै होस कारबाहीको दायरामा ल्याउन र अग्रपंक्तिमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकार समक्ष नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ ।”

कोरोना भाइरसको महामारीमा समाजको अग्रपंक्तिमा रहेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ता प्रति तरुण दलले उच्च सम्मान पनि प्रकट गरेको छ ।

images
प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - ०८:४३:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology