ललितपुर । ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं जिल्लाका एक पुरुष र धनुषाका एक पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार गत भदौ ६ गतेदेखि उपचाररत काठमाडौंका ७४ वर्षीया पुरुषको आज मृत्यु भएको हो ।
त्यस्तै साउन २५ गतेदेखि अस्पतालमा उपचाररत धनुषाका ७६ वर्षीय पुरुषको आज निधन भएको छ ।
उनीहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।