ललितपुर । ललितपुरमा सोमबार थप १८ जना कोरोना संक्रमित थपिएका छन् ।
ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका १८ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये ७ महिला र ११ पुरुष रहेका छन् ।
पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका ४ महिला, ९ पुरुष गरी जम्मा १३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै महालक्ष्मी नगरपालिकाका १ जना पुरुष, ३ जना महिला गरी ४ जना र गोदावरी नगरपालिकामा १ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुर जिल्लामा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ, जसमा पुरुष २८४ जना र महिला २०३ जना रहेका छन् ।
