Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नाकामा लापरवाहीः स्वाब लिँदै, घर पठाउँदै

नाकामा लापरवाहीः स्वाब लिँदै, घर पठाउँदै

दैनिकी न्यूज

९, भाद्र २०७७
नाकामा लापरवाहीः स्वाब लिँदै, घर पठाउँदै
images

सुर्खेत । कर्णाली प्रवेशमा कडाइ गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा चुनौती देखिएको छ। प्रदेशले पीसीआर रिपोर्ट नभएसम्म प्रवेश नदिने निर्णय गरे पनि बाहिरबाट आउनेहरू सहजै भित्रिरहेका छन्।

अन्यत्रबाट आउनेलाई नाकामा स्वाब संकलन गर्न थालिएको छ। तर, नाकामा क्वारेन्टाइन नहुँदा बाहिरबाट आउनेलाई व्यवस्थापन गर्न समस्या देखिएको छ। पीसीआर रिपोर्ट नभएका पनि धमाधम घर आउन थालेपछि संक्रमणको जोखिम बढेको छ। कर्णालीका मुख्य नाकाहरू सुर्खेतको बबई, कुइने, सल्यानको कपुरकोट र काल्चेकालीमाटीमा क्वारेन्टाइन छैनन्।

स्वास्थ्य मापदण्डअनुसार स्वाब संकलन गरिएका व्यक्ति रिपोर्ट नआउँदासम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ। केही समय पहिले बबई नाकामा क्वारेन्टाइन बनाउने प्रयास गरिएको थियो। तर, स्थानीयले अवरोध गरेपछि हालसम्म त्यहाँ क्वारेन्टाइन छैन। यसअघि कोरोनाको जोखिम बढेको भन्दै प्रदेश सरकारले भदौ १ देखि कोरोना नभएका नागरिकलाई मात्रै कर्णालीमा प्रवेश दिने निर्णय गरेको थियो।

अन्नपूर्ण पोष्टमा ललितबहादुर बुढाले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - ०७:५०:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology