Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरको इकुडोलका एक युवामा पनि देखियो कोरोना पोजिटिभ

ललितपुरको इकुडोलका एक युवामा पनि देखियो कोरोना पोजिटिभ

दैनिकी न्यूज

९, भाद्र २०७७
ललितपुरको इकुडोलका एक युवामा पनि देखियो कोरोना पोजिटिभ
images

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका वडा नं. ५ इकुडोल घर भएका २० वर्षीय पुरुषमा कोरोजना पोजिटिभ देखिएको छ ।

ती २० वर्षिय युवा भदौ २ गतेदेखि कर्तव्य ज्यान मुद्धामा महानगरीय प्रहरी वृत्त चापागाउँको हिरासतमा रहेका छन् ।

गत साउन २३ गते अन्य २ जनासँग बागमती गाउँपालिका–३ भट्टेडाँडामा घुम्न गएकोमा दिपेन बर्देवा सम्पर्कविहिन भएको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँले ती युवालाई नियन्त्रणमा लिएको थियो ।

संक्रमित युवा बागमती गाउँपालिका वडा नं. ५ इकुडोल घर भई हाल ललितपुर महानगरपालिका वडा नं. २४ धापाखेल बस्ने गरेको वृत्त चापागाउँले जनाएको छ ।

वृत्त चापागाउँका प्रहरी निरीक्षक राजन लम्सालले २० वर्षका ती थुनुवामा कोरोना पोजिटिभ देखिएको बताए ।

images
प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - ०९:०७:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology