Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सिद्धिपुरका एकै घरका ४ जना कोरोना संक्रमित, कन्ट्याक्ट् ट्रेसिङ नहुँदा स्थानीय त्रसित

सिद्धिपुरका एकै घरका ४ जना कोरोना संक्रमित, कन्ट्याक्ट् ट्रेसिङ नहुँदा स्थानीय त्रसित

दैनिकी न्यूज

९, भाद्र २०७७
सिद्धिपुरका एकै घरका ४ जना कोरोना संक्रमित, कन्ट्याक्ट् ट्रेसिङ नहुँदा स्थानीय त्रसित
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका वडा नं. ६ सिद्धिपुर, टफाखलमा एकै घरका ४ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

शुरुमा एक निजि बैंकमा काम गर्ने एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएपछि उनले आफ्नो नजिक रहेका श्रीमती, बुबा र आमाको पिसिआर परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको वडाअध्यक्ष बासुदेव महर्जनले जानकारी दिए ।

कोरोना पोजिटिभ देखिएको करिब १ हप्ता हुदा पनि स्वास्थ्य कार्यालयबाट कन्ट्राक्ट ट्रेसिङको कार्य नगर्दा स्थानीय त्रसित बनेको महर्जनले दैनिकीन्युजसँग दुखेसो पोखे ।

उनले भने, ‘सोमबार कन्ष्ट्राक्ट ट्रेसिङको काम हुन्छ भन्ने जानकारी आएको थियो । किन हो ? सोमबार स्वास्थ्य कार्यालयले गरेन ।’

कन्ष्ट्राक्ट ट्रेसिङको कार्य स्वास्थ्य कार्यालयले नगरेपछि सोमबार निजि ल्याबका मान्छेलाई बोलाएर १८ जनाले पैसा तिरेर परीक्षण गरेको उनले बताए । ‘हुनेले त गर्छ, नहुनेले के गर्ने हो ?’ उनले भने, ‘यसमा मेरो घोर आपत्ति छ ।’ यसबारे नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई जानकारी गराएको बताए ।

सिद्धिपुरमा १८ जनाले पैसा तिरेर परीक्षण गरेको स्वीकार गर्दै लुभु प्राथमिक स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक टेकराज ओझाले अरु क्लोज कन्ष्ट्राक्टमा भए नभएको बुझ्ने कार्य भैरहेको बताए ।

images
प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - ११:१८:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology