Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बाउने तयारी

काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बाउने तयारी

दैनिकी न्यूज

९, भाद्र २०७७
काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बाउने तयारी
images

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ। गत भदौ ३ गते राति सुरु भई भोलि राति १२ बजे (भदौ १० गते) सम्मका लागि लागू गरिएको निषेधाज्ञा कम्तीमा एक हप्ता थप गर्ने तयारी गरिएको हो।

आज बस्ने उपत्यका भित्रका तीन जिल्लाका सिडिओको बैठकले निषेधाज्ञा बढाउने निर्णय गर्ने सम्भावना रहेको एक प्रमुख जिल्ला अधिकारीले बताए । तीन जिल्लाका सिडिओहरुको बैंठक ३ बजे तय भएको जानकारी पनि उनले दिए ।

काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा सकिनै लाग्दा आज उपत्यकाका तीन जिल्लाका सिडीओहरुको बैठक बस्न लागेको हो ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि निषेधाज्ञा लम्बिन सक्ने आँकलन गरिदै आइएको थियो । दैनिक दुई सयको हाराहारीमा कोरोना भाइरस संक्रमण देखिएका छन् ।

संक्रमित बढेकै कारण निषेधाज्ञा जारी गरेर अत्यावश्यक सवारी साधनलाई मात्र चल्न दिइएको छ । अनिषेधाज्ञाकै बीच बिहान साँझ, हिँडडुल गर्ने, मास्क प्रयोग राम्रोसँग नगर्नेलगायतका गतिविधि देखिएको भन्दै यस्ता कार्यमा पनि थप कडाई गर्ने जिल्ला प्रशासन कार्यालयहरूको तयारी छ।

images
प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - १२:१८:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology