Logo

सोमवार, श्रावण २५ गते २०८३

images

तपाईको मास्क खै ? कार्यक्रम सम्पन्न (फोटोफिचरसहित)

तपाईको मास्क खै ? कार्यक्रम सम्पन्न (फोटोफिचरसहित)

दैनिकी न्यूज

९, भाद्र २०७७
तपाईको मास्क खै ? कार्यक्रम सम्पन्न (फोटोफिचरसहित)
images

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका र ईलाका प्रहरी कार्यालय हलेसीले मंगलबार संयुक्त रुपमा तपाईको मास्क खै ? कार्यक्रम सम्पन्न भएको छ ।

ईप्रका हलेसीका प्रमुख प्रहरी निरीक्षक दिनेश प्रसाद खरेलको कमाण्डमा १० जनाको प्रहरी टोली र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणको लागि हलेसी तुवाचुङ–७ हलेसी बजार परिसरमा तपाईको मास्क खै ? भन्ने नारा सहित समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रहरी र स्थानीय तहहरु विचको सक्रियतामा माक्स अनिवार्य लगाउने, माक्स लगाउने तरिका र मास्क वितरण कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा करिब करिब ३५ जनाको उपस्थिति रहेको प्रहरी निरीक्षक खरेलले जानकारी दिए ।

1.1.jpg

1.2.jpg

1.3.jpg

1.4.jpg

 

images
प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - १३:३६:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology