Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्न सिफारीस

काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्न सिफारीस

दैनिकी न्यूज

९, भाद्र २०७७
काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्न सिफारीस
images

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा हुने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई ७ दिन थप गर्ने निर्णय गरेको हो।

उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले १७ गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै सिफारिस गृहमन्त्रालयमा पठाएको छ।

बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ।

बैठकमा काठमाडौंका सीडीओ जनकराज दाहाल, भक्तपुरकी सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ नारायणप्रसाद भट्टसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सहभागी थिए।

images
प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - १८:५८:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology