ललितपुर । मंगलबार गोदावरी नगरपालिकामा ४ जना कोराना संक्रमित भेटिएका छन् ।
गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालका अनुसार गोदावरी नगरपालिका वडा नं. १ विशंखुनारायण, विष्टछापका ३६ वर्षिय पुरुष, वडा नं. ३ गोदावरी का ३६ वर्षिय पुरुष, गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापका ३१ र २३ वर्षका पुरुष रहेका छन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।