Logo

सोमवार, श्रावण २५ गते २०८३

images

धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

दैनिकी न्यूज

१०, भाद्र २०७७
धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु
images

काभ्रे । धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले मङ्गलबार राति उपचारका क्रममा ती पुरुषको मृत्यु भएको जनाएको छ । पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले तीन दिन अघि अस्पताल भर्ना भएका उनलाई स्वास्थ्य परीक्षणका क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ती पुरुष मुटु र थाइराइडको समस्याबाट पीडित भएकाले सोहीको उपचार गर्न धुलिखेल अस्पताल भर्ना भएको झाले बताए ।

पछिल्लो केही हप्ता यता काभ्रेपलाञ्चोकमा समेत कोरोना सङ्क्रमण बढ्दै गएको छ । पोष्टका अनुसार कुल सङ्क्रमितमध्ये एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने ६३ जना उपचारपछि घर फर्किएका छन् । बाँकी ९७ सङक्रमितको विभिन्न स्थानको आइसोलेशनमा उपचाररत रहेको जनाइएको छ । रासस

images
प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - १२:५८:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology