Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

दैनिकी न्यूज

१०, भाद्र २०७७
धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु
images

काभ्रे । धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले मङ्गलबार राति उपचारका क्रममा ती पुरुषको मृत्यु भएको जनाएको छ । पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले तीन दिन अघि अस्पताल भर्ना भएका उनलाई स्वास्थ्य परीक्षणका क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ती पुरुष मुटु र थाइराइडको समस्याबाट पीडित भएकाले सोहीको उपचार गर्न धुलिखेल अस्पताल भर्ना भएको झाले बताए ।

पछिल्लो केही हप्ता यता काभ्रेपलाञ्चोकमा समेत कोरोना सङ्क्रमण बढ्दै गएको छ । पोष्टका अनुसार कुल सङ्क्रमितमध्ये एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने ६३ जना उपचारपछि घर फर्किएका छन् । बाँकी ९७ सङक्रमितको विभिन्न स्थानको आइसोलेशनमा उपचाररत रहेको जनाइएको छ । रासस

images
प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - १२:५८:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology