Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं उपत्यकामा ३०१ जनामा देखियो कोरोना पोजिटिभ

काठमाडौं उपत्यकामा ३०१ जनामा देखियो कोरोना पोजिटिभ

दैनिकी न्यूज

१०, भाद्र २०७७
काठमाडौं उपत्यकामा ३०१ जनामा देखियो कोरोना पोजिटिभ
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका २३० जना, भक्तपुरका २४ जना र ललितपुरका ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा. गौतमले जानकारी दिए। तर सोमबार २२४ जना र मंगलबार २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।

कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् । हालसम्म १९ हजार ५०४ जना घर फर्किएका छन् ।

images
प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - १६:४१:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology