काठमाडौं । ललितपुरको इमाडोलमा रहेको किष्ट हस्पिटलमा एक जना कोरोना संक्रमितको निधन भएको छ ।
हस्पिटलमा तारकेश्वर नगरपालिका वडा नं. ११ का ४८ वर्षीय पुरुषको आज राति करिब ८ बजे निधन भएको किष्ट हस्पिटलका निर्देशक डा. सुरज बज्रचार्यले बताए । ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।