ललितपुर । ललितपुरमा बुधबार थप १३ जना कोरोना संक्रमित थपिएका छन् ।
ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका १३ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये ९ महिला र ४ पुरुष रहेका छन् ।
पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका ७ महिला, ३ पुरुष गरी जम्मा १० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै महालक्ष्मी नगरपालिकाका १ जना महिला र गोदावरी नगरपालिकामा १ जना पुरुष, १ जना महिला गरी जम्मा २ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुर जिल्लामा कोरोना संक्रमितको संख्या ५४५ पुगेको छ, जसमा पुरुष ३१५ जना र महिला २३० जना रहेका छन् ।
