Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पाटन र किष्ट अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

पाटन र किष्ट अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

दैनिकी न्यूज

११, भाद्र २०७७
पाटन र किष्ट अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु
images

ललितपुर । ललितपुरको लगनखेलस्थित पाटन अस्पताल र इमाडोल स्थित किष्ट अस्पतालमा गरी दुई जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार किस्ट अस्पतालमा उपचार गराईरहेका अर्खाखाँची घर भएका ४८ वर्षिय पुरुषको बुधबार मृत्यू भएको हो । उनी भदौ ८ गतेदेखि किष्ट अस्पतालमा भर्ना भएका थिए ।

त्यस्तै पाटन हस्पिटलमा भदौ ९ गते भर्ना गराई उपचार गराइराखेका ललितपुरका ६५ वर्षिय महिलाको आज विहान निधन भएको छ ।

उनीहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ११, २०७७ बिहिवार - १६:०४:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology