ललितपुर । पाटन हस्पिटलमा उपचार गराई राखेका एक महिलाको मृत्यू भएको छ ।
ललितपुर महानगरपाालिका वडा नं. ४ बागडोल बस्ने वर्ष ६५ की महिलाको भदौ ७ गते स्वाब लिई परीक्षण गर्दा उनमा भदौ ९ गते पोजिटिभ देखिएको हो । पाटन हस्पिटल स्रोतका अनुसार उनको मृगौलासम्बन्धी समस्या थियो ।
उनीहरुको शव व्यवस्थापन नेपाली सेनाले आज गर्ने राज दल गणका प्रमुख उत्तम सापकोटाले जानकारी दिए ।
योसँगै ललितपुरमा कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या ४ पुगेको छ । यस अघि थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।