काठमाडौं । बिहीबार विभिन्न प्रयोगशालामा १२ हजार ६२९ जनामा पिसिआर परीक्षण गर्दा थप १ हजार १११ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ , जसमा पुरुष ७७७ र महिला ३३४ रहेका छन् । आजसम्म ६ लाख ४७ हजार ८८१ जनाको पिसिआर परीक्षण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ जना पुगेको छ ।
बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका २७०, ललितपुरका ६६ र भक्तपुरका ४१ जनासहित ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ६३ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय सख्ंया १५ हजार २७३ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार २१० जना रहेको छ ।
पछिल्लो २४ घण्टामा ५७९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेका छन् । मोरङ, धनुषा, पर्सा, बारा सर्लाही, रौतहट, महोत्तरी, काठमाडौं र ललितपुर मा ५ सय बढी संक्रमित छन् । प्रवक्ता गौतमका अनुसार मुस्ताङ र हुम्ला संक्रमणमुक्त रहेका छन् ।
१७ जनाको भेन्टिलेटरमा उपचार भैरहेका छन ।