Logo

सोमवार, श्रावण २५ गते २०८३

images

उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण

उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण

दैनिकी न्यूज

११, भाद्र २०७७
उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

एकैदिन काठमाडौंका २७० जना, भक्तपुरका ४१ जना र ललितपुरका ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा. गौतमले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ।

images
प्रकाशित मिति :भाद्र ११, २०७७ बिहिवार - १६:३९:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology