काठमाडौं । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सांसदसमेत रहेका चौधरीले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।
कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् ।
डाक्टरको सल्लाहअनुसार आफू आइसोलेसनमा बसेको पनि उनले जानकारी दिएका छन् । त्यस्तै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन पनि उनले आग्रह गरेका छन् ।
डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।