काठमाडौँ । काठमाडौं उपत्यकामा एकै दिन ४ सय १५ जना कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं ३५०, ललितपुर ११ र भक्तपुरमा ५४ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको हो । उपत्यकामा संक्रमित थपिएको यो संख्या अहिलेसम्म कै धेरै हो ।
२४ घन्टाको अद्यावधिक विवरण अनुसार बिहीबार उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण भएको थियो ।
शुक्रबार विभिन्न प्रयोगशालामा १० हजार २२९ जनामा पिसिआर परीक्षण गर्दा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ, जसमा पुरुष ५९३ र महिला ३३४ रहेका छन् ।
पछिल्लो २४ घण्टामा १६९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २० हजार २४२ पुगेको छ ।