Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शुक्रबार ललितपुरका २६ जनामा कोरोना संक्रमण पुष्टि, को हुन् उनीहरु ?

शुक्रबार ललितपुरका २६ जनामा कोरोना संक्रमण पुष्टि, को हुन् उनीहरु ?

दैनिकी न्यूज

१२, भाद्र २०७७
शुक्रबार ललितपुरका २६ जनामा कोरोना संक्रमण पुष्टि, को हुन् उनीहरु ?
images

ललितपुर । शुक्रबार ललितपुरका २४ जनामा कोरोना पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

शुक्रबार देखिएका संक्रमितहरु महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका र कोन्ज्योसोम गाउँपालिकाभित्र बसोबास गर्ने रहेका छन् ।

आज देखिएका महालक्ष्मी नगरपालिकामा पुरुष ५, महिला २ गरी को ७ जना, गोदावारी नगरपालिकामा पुरुष ५, महिला १३ जना गरी १८ जना र कोन्ज्योसोम गाउँपालिकाका १ महिला रहेका छन ।

महालक्ष्मी नगरपालिका वडा नं. ५ टीकाथलीका ५३ वर्षका पुरुष, इमाडोलका २५ जना पुरुष, महालक्ष्मी नगरपालिकाका ३० वर्षको महिला, टीकाथलीका ३८ वर्षका पुरुष, इमाडोलका ३० वर्षका महिला, लुभुका ३७ र ३८ वर्षका पुरुष रहेका छन् ।

त्यस्तै गोदावरी नगरपालकाका ५४ वर्षका महिला, ३३ वर्षको पुरुष, ३० वर्षको महिला, २४ वर्षको महिला, ३४ वर्षको महिला, २४ वर्षको महिला, ५६ वर्षको पुरुष रहेका छन् । त्यस्तै गोदावरी–१२ का २४ वर्षको पुरुष, गोदावरी–१३ का ३५ वर्षको महिला, गोदावरी–१२ का ७० वर्षको पुरुष, गोदावरी–११ का ३७ वर्षका महिला, गोदावरी–१२ का २९ वर्षका महिला, गोदावरीका ४९ वर्षका महिला, २४ वर्षका महिला, ६१ वर्षका पुरुष, गोदामचौरका ३६ वर्षका पुरुष, गोदावरीका २७ वर्षका महिला र ठेचोका २२ वर्षका महिला रहेका छन् ।

उता कोन्ज्योसोम गाउँपालिका ३८ वर्षिय महिलामा पनि कोरोना पोजिटिभ देखिएको छ । उनी नर्स हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुर जिल्लामा कोरोना संक्रमितको संख्या ६१८ पुगेको छ, जसमा पुरुष ३५० जना र महिला २६८ जना रहेका छन् ।

ललितपुरमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यू भएको छ । बागडोलका ६५ वर्षिय महिला, थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।

 

images
प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - १९:१०:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology