ललितपुर । ललितपुरमा शुक्रबार थप ७८ जना कोरोना संक्रमित थपिएका छन् ।
ललितपुर महानगरपालिका, महालक्ष्मी, गोदावरी नगरपालिका र कोन्ज्योसोम गाउँपालिकाका विभिन्न स्थानका ७८ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये ३८ महिला र ४० पुरुष रहेका छन् ।
पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका २२ महिला, २७ पुरुष गरी जम्मा ४९ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै महालक्ष्मी नगरपालिकाका २ जना महिला, ८ जना पुरुष गरी १० जना, गोदावरी नगरपालिकाका १३ जना महिला, ५ जना महिला गरी १० जना, कोन्ज्योसोम गाउँपालिकाका १ जना महिलामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुर जिल्लामा कोरोना संक्रमितको संख्या ६७० पुगेको छ, जसमा पुरुष ४० जना र महिला ३८ जना रहेका छन् ।
ललितपुरमा कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या ४ पुगेको छ । बागडोलका ६५ वर्षिय महिला, थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।