Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोना संक्रमणबाट धापाखेलका एक पुरुषको पाटन हस्पिटलमा निधन

कोरोना संक्रमणबाट धापाखेलका एक पुरुषको पाटन हस्पिटलमा निधन

दैनिकी न्यूज

१२, भाद्र २०७७
कोरोना संक्रमणबाट धापाखेलका एक पुरुषको पाटन हस्पिटलमा निधन
images

ललितपुर । कोरोना संक्रमणबाट ललितपुर महानगरपालिका वडा नंं २४ धापाखेलका एक पुरुषको निधन भएको छ ।

मिर्गाैला सम्बन्धी रोगले पिडित ७२ वर्षिय पुरुष भदौ ८ गते पाटन हस्पिटलमा भर्ना भएका थिए । उनको बिहीबार मृत्यु भएको थियो । उनको स्वाव लिएर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट शुक्रबार आएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

योसँगै ललितपुरमा कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या ५ पुगेको छ । यसअघि बागडोलका ६५ वर्षिय महिला, थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।

images
प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - २१:३६:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology