Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना संक्रमणबाट पाटन हस्पिटलमा दुई महिलाको मृत्यू

कोरोना संक्रमणबाट पाटन हस्पिटलमा दुई महिलाको मृत्यू

दैनिकी न्यूज

१३, भाद्र २०७७
कोरोना संक्रमणबाट पाटन हस्पिटलमा दुई महिलाको मृत्यू
images

ललितपुर । कोरोना संक्रमणबाट ललितपुरको लगनखेलमा रहेको पाटन हस्पिटलमा दुई महिलाको मृत्यू भएको छ ।

पाटन हस्पिटलका निर्देशक प्रा. डा. रवि शाक्यका अनुसार भक्तपुर र काठमाडौंका दुई महिलाको कोरोना संक्रमणबाट मृत्यू भएको पुष्टि गरेका हुन् ।

मृत्यू हुनेमा भक्तपुर जिल्ला ठिमी नगरपालिका वडा नं. ७ का ६२ वर्षका महिला स्वास प्रश्वास सम्बन्धी समस्या भई भदौ ७ गते भक्तपुरमा रहेको कोरियन अस्पतालमा भर्ना भएकी थिइन । थप उपचारको लागि कोरियन अस्पतालले पाटन हस्पिटलमा भदौ ९ गते रिफर गरेको थियो । उपचारको क्रममै ती महिलाको आज विहान मृत्यू भएको हो ।

त्यस्तै काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २१ जैसीदेवलका ५१ वर्षको महिला ज्वरो आई साउन २८ गते वीर हस्पिटलमा उपचार गराएको थियो । उनको पिसिआर लिई परीक्षण गर्दा साउन ३० गते पोजिटिभ आएको थियो । सोही दिन थप उपचारको लागि पाटन हस्पिटल ल्याएकोमा आज निधन भएको हो ।

पाटन हस्पिटल स्रोतका अनुसार मृत्यू हुने दुवै महिलामा अरु रोगको संक्रमण नभएको बताइएको छ ।

 

images
प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - १०:४८:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology