काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा १८६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार थपिएको यो संख्या हालसम्मकै बढी हो । थपिएकामध्ये काठमाडौँका १५५, ललितपुरका १९ र भक्तपुरका १२ जना छन् ।
उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । शुक्रबार उपत्यकामा ४१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
आज देशभर विभिन्न प्रयोगशालामा १० हजार ९७१ जनामा पिसिआर परीक्षण गर्दा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।