Logo

सोमवार, श्रावण २५ गते २०८३

images

रौतहटमा भदौ २१ गतेसम्म निषेधाज्ञा जारी

रौतहटमा भदौ २१ गतेसम्म निषेधाज्ञा जारी

दैनिकी न्यूज

१४, भाद्र २०७७
रौतहटमा भदौ २१ गतेसम्म निषेधाज्ञा जारी
images

रौतहट । रौतहटमा १ हप्ताको लागि निषेधाज्ञाको समय थपिएको छ । निषेधाज्ञाको समय आगामी भदौ २१ गते राति सम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । शनिबार बसेको जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापनको निर्णयले निषेधाज्ञाको समय थप गरेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।

निषेधाज्ञाको समयमा बिहान ७ देखि १२ बजेसम्म खाद्यान्न पसलहरु खुल्ने र सोही समयमा बैंक तथा वित्तिय संस्थाहरु पनि खोल्न पाउने निर्णय भएको छ । अन्य क्षेत्रको हकमा पूरानै निर्णय भएको यादवले जानकारी दिए । पछिल्ला महिनादेखि रौतहटमा कोरोना भाईरसको संक्रमण समुदायस्तरमा देखिएपछि जिल्लामा निषेधाज्ञाको समय थपिँदै आएको छ ।

images
प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - ०६:२५:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology