ललितपुर । कोरोना संक्रमणबाट पाटन हस्पिटलमा ललितपुरका एक पुरुषको निधन भएको छ ।
साउन २८ गतेदेखि पाटन हस्पिटलमा उपचार गराई रहेका ललितपुर महानगरपालिकाका २९ वर्षिय पुरुषको गतराति १० बजे मृत्यू भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
यसअघि कोरोना संक्रमणबाट ललितपुरका ५ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा ललितपुर–२४ धापाखेलका ७२ वर्षको पुरुष, बागडोलका ६५ वर्षिय महिला, थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।