Logo

सोमवार, श्रावण २५ गते २०८३

images

स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा सुरु

स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा सुरु

दैनिकी न्यूज

१४, भाद्र २०७७
स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा सुरु
images

काठमाण्डौ । काठमाण्डौ उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा सुरु भएको छ ।

नेपाल मेडिकल एसोसिएशन, रोटरी क्लब अफ काठमाण्डौ हेल्थ प्रोफेसनल, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल हिसानको सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा डाक्टरको सहजताको लागि आइतबारदेखि निःशुल्क बस सेवा सुरु भएको हो ।

नेपाल नेशनल अस्पतालका मेडिकल निर्देशक डाक्टर प्रकाश पौड्यालले गाडीका कारण स्वास्थ्य प्रवाहमा बाधा नपुगोस् भन्ने उद्देश्यले निःशुल्क बस सेवा सुरु गरेको जानकारी दिनुभयो । बस बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म र बेलुका साढे ५ बजेदेखि साढे सात बजेसम्म चल्नेछ ।

बाँसबारीबाट सुरु हुने बस त्रिभुवन शिक्षण अस्पताल टिचिङ, कान्ति बाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म र अर्को बस पाटन अस्पतालदेखि सुरु भइ थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ ।

अहिले तीन वटा बसले सेवा दिए पनि स्वास्थ्यकर्मीको माग र आवश्यकतालाई हेरेर सेवा र समय बढाउँदै लैजाने एसोसिएशनका कार्यकारी सदस्य डाक्टर रितेश थापाले जानकारी दिनुभयो ।

यस्तै उहाँले बस चढ्न कुनै समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्न आग्रह गर्नुभएको छ । रासस

images
प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - १६:०२:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology